मन् !

हाँसे… मज्जाले हाँसे ! तेस्तो हास्नुपर्ने केहि पनि थिएन तर पनि जोर जोर संग मज्जाले हाँसे | कस्ले रोक्ने मलाई | “तेस्तरी हास्नु पर्छ तलाई ?” भन्दै थिए साथीहरु | धेरै पछि तेस्तरी हास्न पाको थिए, किन छोड्थे र ! भोलि देखि फेरी दलिनु थियो, त्यै मजा गर्न भनेर त गको थिए अनि त हाँसे | केहि साथीहरु मुख लुकाउदै भन्दै थिए, “भयो के अब….. पुग्यो, सबले हेर्दै छन् हाम्लाई”| तर मलाई के मतलब अरुको, न त मैले कैले भेटेकै हो न त बोलेकै | एकदम रमाइलो भएको थियो, मन उडेको थियो | मनले पहाडको टुप्पोबाट छलांग हानेको थियो | कहिले ब्याकुल हुन्थियो मन त कहिले फुरुङ्ग परथ्यो मन | भन्नु पर्दा अत्तालिएको थियो मन | मलाई बहलाउनु थियो मन, त्यहि भएर हास्यो होला मेरो मन |आज जे होस् म मजा गर्छु भनेर गको थिए अनि गरे पनि|रक्सीले मातेको मनलाई थाहा थिएन के सहि के गलत | तेज रफ्तारमा दौडदै थियो मन | सारै उत्ताउलो भाको थियो मन | त्यो अप्रासंगिक हाँसोले सम्हाल्न खोज्दै थिए मन | त्यो दिन धेरै अबेर घर पुगेको थिए अनि बाबाको मुख देख्दा लर्बराएको थियो मन |

“कति खाएर आइस हँ ? कड्किनुभयो,

“छैन खाको” भने मैले

“हो ! छर्लंग छ खाको हो कि नाखाको”

म केहि बोलिन|

“के गर्ने हो सोचिस् ? लखर लखर हिन्या छ, खा छ बस्या छ | बिचार गर्नु पर्दैन के गर्ने भनेर?”

यो हरेक दिनको कथा थियो | पढ्नु थिएन मलाई, जानु थिएन अर्काको देश | मैले सब बिचार गरि सकेको थिए तर बाबालाई पचेको थिएन | म आफ्नो कोठामा गए केहि नबोली | बाबाले चाहनु हुन्थियो कि यसपाली पनि म सरासर वहाँले भने जस्तो गरु तर मैले नाइँ भन्न सुरु गरि सकेको थिए |कोठाको ढोका लगाएर बसेको मात्र के  थिए ढोका ढकढक्याउन थाल्नुभयो | म केहि बोलिन | “मलाई एक हप्तामा उत्तर चाहिन्छ” भनेर जानुभयो | मैले सुने नसुने जस्तो गरे | मनमा हिऊँ र आखाँमा बर्सात हुन थाल्यो | जुन मान्छेले कुरा बुजोस् भन्ने हुन्छ त्यहि मान्छेले कुरा सुन्दै नासुने पछि बोझिलो हुदो रैछ मन |

बिहान उठ्दा २-४ ओटा मिस्ड कल थिए साथी का| फोन गरिन| गर्ने मन पनि थिएन| त्यहि यता घुम्न जाऊ उता घुम्न जाऊ ! कति घुम्न ? किन घुम्ने ? टाउको भारि र मन गरुङ्गो थियो | चिया नास्ता गर्न जाने मन थिएन | आजको दिन एसै बिताउने मन थियो |

“बाबु! अजै उठ्या छैनस” कोठा बाहिरबाट आमाले सोथ्नुभो|

केहि बोलिन | दिउसोको १२ बजे तिर उठे | मलाई कोइ संग भेट्नु मन थिएन | मलाई बाबाको कचकच सुन्नु थिएन | झ्याल खोले र तल बाटो मा हेरे | बाटो खाली थियो र वर पर छर-छिमेकि कोइ देखिन | मौका देखे र हाम्फाले | जीतको महसुस गरे | आनन्दीयो मन | टोपी अनि मास्क लगाए | अब कसले चिन्ने मलाई | हिड्दै थिए एकछिन मै कक्रियो मन | बौलौन थाल्यो मन | सम्हाल्न भारी भयो मन | बेस्सरी चिच्याउन थाले …

आह ssssssssssss !!!

” के भो भाई ?” बाटोमा पछाडी हिड्दै आउनुभएको दाईले सोध्नु भयो |

केहि बोलिन | दौडिन थाले बेस्सरी, जोड सँग | मेरो ज्यानको बाजी राखेर भाग्दै थिए तर, तर  को बाट भाग्दै थिए म ? बिहे गर्नु थिएन मलाई | ” इन दि एण्ड इट दजंट एवं म्याटर” फोनको घन्टी बज्यो |

“रमेश कता छस् यार ? ” मैले सोधे  “पाँच मिनेटमा मलाई चोकमा भेट् न है ” फोन राखे | मन मिल्ने कोइ संग भेट्न पाइने भएर होला सम्हालियो मन | हल्का भयो मन |

” तँ जहिले पनि एउटै कुरा किन गर्छस ?” रमेशले रिसाउदै सोध्यो |

” म बौलौन मात्र बाकी छ यार | के गरु भन् त म ? के गरु ? मलाई जानु थिएन कुनै कलेज जानु  थिएन युरोप पढ्न जानु थिएन सङ्गीत सिक्न जानु थिएन कराते सिक्न तर गए | मलाई बाबाले जहाँ जहाँ पठाउनु भयो त्यहाँ त्यहाँ गए | कहिले नाइँ भनिन | तर अब सक्दिन यार | मलाई बिहे गर्नु छैन यार | गर्नु छैन मलाई |”

” अनि के गर्छस त ? मैले तलाई पहिले पनि भनेको हेर्, अंकल संग कुरा गर् |”

“तैले चिनेकै छस् त तेरो अंकललाई, मैले ….” आमाको फोन आएको रहेछ, काटी दिए |”मैले तलाई ….” फेरी गर्नु भयो, काटी दिए |”मैले तलाई भनि राख्नु पर्छ र !”

” हेर्…. मलाई थाहा छ कि वहा कडा स्वभाबको हुनुहुन्छ, तर तैले ट्राइ नै नगरी कसरी भन्न सकछस् कि वहाले मान्नु हुन्न भनेर, भन् त ?”

“…….”

“एकचोटी भनेर त हेर् हाम्रो प्लानको बारे | अंकललाई पनि तेरो चिन्ता होला | झन् तैले एसो गरेर हिनिस् भने कता बाट हुन्छ भन् त ? ”

” म सक्दिन यार” |

” ह्या…. ल् ! आज म पनि जान्छु तँ संगै अनि संगै भनौला हैत ?!”

“……”

“हिन् अब | त्रस्ट मी सब ठिक हुन्छ |”

“ल हिन् नत ” मैले रमेशको हात समाउदै भने |

हर्षित भयो मन | बाटो भरि रमेश बोल्दै थियो तर केहि सुनिरहेको थिन मैले | एउटै मात्र चाहना थियो मनमा, बाबा संग कुरा गर्ने |  मन उडी रहेको थियो | मनले झ्याली पिटी रहेको थियो | धेरै पछि बेस्सरी चल्मलाएको थियो मन् | मिठो सुबासमा डुबुल्की लाउदै थियो मन् | हर्सले मात्तेको थियो मन् | एम्बुलेन्सको साइरनले मलाई बयूत्यायो | झसंग भए म | ” ओई त्या हेर् त” चोर औला ले तेर्स्यौदै रमेशले भन्यो | जब एम्बुलेन्स मेरो आँगन अगाडी रोकियो, भुइचालोले चर्कियो मन् |

 

Advertisements

यात्राको सुरुवात

स्वागत छ!

जिन्दगीमा धेरै कुरा हुदो रहेछ| यो सामान्य हो| सबैलाई थाहा छ| धेरै कुरा सिकिदो रहेछ| राम्रा, नराम्रा, तीता तथा मिठा कुरा सब पाइँदो रहेछ| यो ब्लगमा मेरो तीता मिठा पललाई कथा स्वरूप रचेको छु| म लेख्ने मान्छे होइन र काहिले केहि लेखेको पनि छैन| यो एउटा प्रयास र सिक्ने मौका हो मेरो लागि| मेरो भौतारिदै गरेको मन मस्तिक्तोको लागि यो एउटा थ्यरापी हो| आशा छ केहि नयाँ कुरा पाउनुहुनेछ र मलाई पनि केहि पाठ पढाउनुहुनेछ|

मलाई साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद!